मोरङ, १९ पुस
मोरङको १० वर्षीया बालिकाकाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका-१० त्रिबेणी चोक बस्ने ५५ वर्षीय पदम मगरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पदमले ती बालिकालाई मंगलबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।








