काठमाडौँ, १९ पुस
सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहीबार बिहान १० बजेर १७ मिनेटमा सिन्धुपाल्चोकको तीनकुण्ड आसपास केन्द्रविन्दु भएको ४.६ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ । यो ०७२ सालमा गएको विनाशकारी ‘गोरखा भूकम्प’कै परकम्प भएको केन्द्रले जनाएको छ।
सो धक्का काठमाडौंसम्म महसुस गरिएको थियो ।








