काठमाडौँ, १९ पुस
जिल्ला अदालत काठमाडौंबाट हतकडीसहित फरार थुनुवा पक्राउ परेका छन् । बुधबार दिउँसो जिल्ला अदालतमा म्याद थपका लागि ल्याइएका ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका थिए ।
उनलाई आज बिहान काठमाडौंको जडिबुटीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई डलर देखाएर लुटेको आरोपमा प्रहरी वृत्त स्वयम्भूले पक्राउ गरेको थियो । अहिले उनलाई नियन्त्रणमा लिई पुनः हिरासतमा राखिएको छ ।








