काठमाडौं पुस १८,
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनका कर्मचारीहरूको हडतालका कारण यात्रुहरू मर्कामा परेका छन् ।
भिजिट भिसामा मानव तस्करी प्रकरणमा प्रहरीले अनावश्यक धरपकड गरेको भन्दै कर्मचारीहरू हडतालमा उत्रिएका हुन् । उनीहरू आज बिहान ११ बजेदेखि १२ः३० उपस्थित भएनन् ।
साँझ ५ बजेपछि पनि अध्यागमनको भन्सार चेकजाँचमा रहेका कर्मचारीहरू कार्यकक्षमा उपस्थित नभएको विमानस्थल स्रोतले जनाएको छ । जसले गर्दा यात्रुहरूले सास्ती भोग्नुपरेको छ ।
विमानस्थलमा चेकजाँच गर्न ठाउँमा कर्मचारी नहुँदा यात्रुहरू विमानस्थल बाहिरै उभिएका छन् । भित्रका यात्रु पनि बाहिर आउन पाएका छैनन् ।
यसले विमानस्थलको छवि अन्तर्राष्ट्रियस्तरमा नै नराम्रो सन्देश गयेको विमानस्थलका एक कर्मचारीले बताएका छन
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








