सिन्धुपाल्चोक, १७ पुस
सिन्धुपाल्चोकमा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनकोशी गाउँपालिका-६ कोइले बस्ने २७ वर्षीय कृष्ण भण्डारी रहेका छन् ।
भण्डारीले ती बालिकालाई सोही ठाउँस्थित झाडीमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।








