काठमाडौँ, १४ पुस
नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघका नेताहरूले ललितपुरको बालकुमारीमा भएको घटनाको विरोध गर्दै शनिबार कालो झण्डा बोकेर मन्त्रीक्वाटर पुल्चोकमा प्रदर्शन गरेका छन् ।
आज बिहान मन्त्री क्वाटर पुल्चोकमै पुगेर नेताहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा संघका नेताहरूले शान्ति सुव्यवस्था कायम गर्न नसकेको भन्दै गृहमन्त्री नारायणकाजीको राजीनामा पनि मागेका थिए ।
उनीहरूले ‘जनताको छोरामाथि गोली हान्न बन्द गर, शान्ति सुव्यवस्था कायम गर, गृहमन्त्री राजीनामा दे’ नाराबाजी गरेर करिब आधा घण्टा पुल्चोकको सडक पनि चक्काजाम गरेका थिए।








