काठमाडौँ, १३ पुस
बालकुमारी घटनामा घाइते भएका अर्का युवाको पनि मृत्यु भएको छ ।
मृत्यु हुनेमा डोटीका २२ वर्षीय वीरेन्द्र शाह रहेका छन् । उनको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।
यसअघि अर्का युवा सुजन रावतको पनि किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीले गोलि चलाएको थियो ।
प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी समेत गरेका थिए।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








