पोखरा, १३ पुस
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका-२९ नौबीसे बस्ने म्याग्दी धौलागिरी गाउँपालिका-७ ताकम घर भएका ३६ वर्षीय रत्न बहादुर घर्ती रहेका छन् । उनलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।
रत्नले आफ्नै श्रीमती २८ वर्षीया रेखा घर्तीको तोरी बारीमा हत्या गरेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








