पोखरा,१३ पुस
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामीलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई बिहीवार दिउँसो काठमाडौँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पुर्जी जारी भएपछि फरार रहेका दर्लामीलाई लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
सहकार्को रकम हिनामिना गरेको आरोप दर्लामिमाथि छ । थप अनुसन्धानको लागि उनलाई कास्की ल्याउने तयारी भईरहेको छ ।
सहकारीका कोषाध्यक्ष कुमार रम्तेल यसअघि नै पक्राउ परेर पुर्पक्षका लागि थुनामा छन् ।








