काठमाडौँ, १२ पुस
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कार्यालयमा प्रथम किराँती राजा यलम्बरको फोटो राख्ने भएका छन् ।
सामाजिक संजालमा निक्कै सक्रिय रहेका साम्पाङले यस्तो बताएका हुन्।
‘भोलि म राष्ट्रपति र प्रधान मन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु, उनले बुधबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु ।’








