सिरहा, ११ पुस
सिरहाको मिर्चैयाको कटारिचौकमा रहेको ओखलढुङ्गे गिरी होटल एक होटलमा पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा कल्याणपुर नगरपालिका २ का करिब ४० वर्षीय मुकेश प्रसाद कर्ण रहेका छन् ।
कर्ण एक महिलासँगै बास बस्न उक्त होटल पुगेका थिए । होटलका सञ्चालक विजय यादवका अनुसार कर्ण बेहोस भएपछी ति महिलाले तल झरेर बताएकी थिइन् । ‘तत्काल नजिकैको स्वास्थ्य संस्थामा पुर्यायौँ, त्यहाँ पुगे लगत्तै स्वास्थ्यकर्मीले मृत घोषित गरे।’ यादवले भने ।
घटनाको जानकारी पाउने बित्तिकै पुगेको प्रहरीले महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले बताए। महिलाको विषयमा प्रहरीले थप खुलाएको छैन ।








