पोखरा, २५ वैशाख-
पाँचदलीय गठबन्धनले आज पोखरामा चुनावी सभा गर्दैछ । महानगर र कास्कीलक्षित पालिकाहरुको चुनावका लागि आमसभा आयोजना गरिएको हो ।
सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका नेताहरू पोखरा आउने क्रम सुरु भएको छ ।
गठबन्धनले आज पोखराको अमरसिंह चाेकमा बृहत् चुनावी आमसभा गर्न लागेको हो । चुनावी सभाअघि पोखराका विभिन्न चोकबाट र्याली निकालिनेछ । सभालाई पाँचदलीय गठबन्धनले शक्ति प्रदर्शनको रूपमा लिएको छ । एमालेको बर्चस्व रहेको पोखरामा सत्ता हातमा लिन गठबन्धनका निकै चुनौती छ ।
त्यसो त एमालेबाटै फुटेर बनेको पार्टी एकीकृत समाजवादीका अध्यक्ष धनराज आचार्य पोखराको मेयरका उम्मेद्वार छन् । एमालेबाट कृष्ण थापा चुनाव लड्दैछन् । गठबन्धनको उपमेयर उम्मेद्वारमा कांग्रेस नेतृ कोपीला रानाभाट छिन् ।
गठबन्धनको सभामा जनता समाजवादी भने सहभागी नहुने भएको छ । जसपाका पोखरा अध्यक्ष राजु क्षेत्रीले गठबन्धनबाट आफ्नो पार्टी अलग भइसकेको बताए । उनले चुनावी सभामा आफ्नो दलको चुनाव चिन्ह प्रयोग नगर्न पनि आग्रह गरेका छन् ।-न्युज कारखाना