अर्घाखाँची, २६ साउन
अर्घाखाँचीको भुमिकास्थान नगरपालिका ७ मा आफैँले बोकेको भरुवा बन्दुक पड्किएर एक जनाको मृत्यु भएको छ ।
भुमिकास्थान नगरपालिका ७ पानडाँडाका ४५ वर्षीय पदम केसीको आफ्नै बारीमा बाँदर धपाउन जाने क्रममा बन्दुक पड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले बताए ।
आज बिहान सवा ११ बजेतिर आफैँले बोकेको भरुवा बन्दुक पड्किएर घाइते भएका केसीको उपचारका लागि ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो ।
भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको र घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक कृष्णप्रसाद घिमिरेले बताए ।