काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटको सातौँ स्थानको खेलमा नेपाल आयरल्यान्डसँग पराजित भएको छ ।
जिम्बाब्वेको राजधानी हरारेस्थित ताकासिंगा स्पोर्ट्स क्लबमा आयरल्यान्डले नेपाललाई दुई विकेटले हराएको हो ।
नेपालले दिएको २६९ रनको लक्ष्य आयरल्यान्डले ४९.२ ओभरमा भेटाएको हो ।