काठमाडौँ, १६ जेठ-
सन्दीप लामिछाने नेपाली क्रिकेट टिमसँग दक्षिण अफ्रिका भ्रमणमा नजाने भएका छन् ।
सन्दीपले पनि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै दक्षिण अफ्रिका भ्रमण जाने टिमलाई सुभकामना दिएका छन् ।
“मलाई खेलाडीहरूको क्षमतामा विश्वास छ । तपाईंहरूले क्रिकेटलाई यो स्तरमा ल्याउन आफ्नो क्षमता देखाइरहनु भएको छ । अबको समय आफ्नो क्षमतामा पुनः विश्वास गर्ने बेला भएको छ । जहाँ गए पनि आफ्नो उत्कृष्ट दिनू । टिमलाई सुभयात्रा,” सन्दीपले लेखेका छन् ।
सन्दीपविरुद्धको बलात्कार मुद्दामा मंगलबार पनि अन्तिम सुनुवाइ सुरु भएन ।
गएको फागुन १५ गते सर्वोच्च अदालतले लामिछानेलाई विदेश जान पाउने गरी धरौटीमा छाड्न आदेश दिएको थियो । उक्त मुद्दालाई छिटो सकाउन समेत जिल्ला अदालतलाई आदेश दिएको थियो । त्यसको तीन महिना बितिसक्दा पनि मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको छैन ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार