अशोज ३१,भरतपुर ।
भरतपुर–१०, वीरेन्द्र क्यापस चोकमा इभी गाडीको ठक्करबाट पैदलयात्री महिला घाइते भएकी छन् ।
बा–प्र–०६–००१ ज ०३२९ नम्बरको इभी गाडीले रोड क्रस गर्दै गरेकी भरतपुर–१०, मालपोत चोक बस्ने ५५ वर्षीया बालकुमारी श्रेष्ठ घाइते भएकी हुन् ।
टाउकोमा चोट लागी अवस्था गम्भीर रहेकी घाइतेको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र ठक्कर दिने गाडी र चालक जिप्रका चितवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।