अशोज २९,चितवन ।
रत्ननगर नगरपालिका वडा नम्बर १२ मा रहेको किसान दाना उद्योगको भित्ता भत्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
रत्ननगर नगरपालिका वडा नम्बर १२ स्थित शान्तिकुञ्ज टोलमा रहेको किसान दानाको पर्खाल भत्किँदा उद्योगमा काम गर्ने तीनजना मजदुरको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दाना उद्योगको भित्ता भत्किदा खैरहनी नगरपालिका वडा नम्बर २ बस्ने ४५ वर्षका शुकराम दराइ, गोरखा घर भई हाल रत्ननगर नगरपालिका १२ बस्ने वर्ष ५४ को रेशम दमाई र जिल्ला चितवन रत्ननगर नगरपालिका १२ बस्ने ४५ वर्षका कमल गुरुङको मृत्यु भएको हो ।
घाइते हुनेमा पर्सा घर भई हाल रत्ननगर नगरपालिका १२ बस्ने ३९ वर्षका जितेन्द्र महतो र पर्सा घर भई रत्ननगर नगरपालिका वडा नम्बर १२ बस्ने अन्दाजी ४० वर्षका अंकज प्रसाद थारू घाइते भएका छन् र उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।