चितवन, असोज ३१ –
काठमाडौं महानगरकापालिकाका मेयर बालेन्द्र शाह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध चितवन प्रहरीमा राष्ट्रिय युवा संघ नेपाल चितवनले किटानी जाहेरी दिएको छ । उनीहरुसहित जेनजी आन्दोलनमा आगजनी, लुटपाट र तोडफोडमा संलग्न सबैलाई पक्राउ गर्न युवासंघले माग गरेको छ ।
एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपाल चितवनका जिल्ला संयोजक सन्तोष श्रेष्ठले किटानी जाहेरी दिएका हुन् । प्रहरीले जाहेरी बुझेको छ । तर, दर्ता हुन बाँकी छ । देशभर आन्दोलनमा हिंसा भड्काउन भूमिका खेलेको भन्दै जाहेरी दिएको श्रेष्ठले बताए ।
जाहेरीसहित भिडिओ, फोटो तथा फुटेजसहित पेनड्राइभमा प्रमाण राखेर बुझाइएको छ ।
जाहेरी दिने क्रममा युवा संघ र अनेरास्ववियुका विभिन्न तहका नेताहरुको उपस्थिति रहेको थियो ।