Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, फागुन २३, २०८२
☰
Logo शनिबार, फागुन २३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

  • २. इरानमाथि ठूलो आक्रमण, राष्ट्रपति भवनसहित प्रमुख स्थलमा बम वर्षा

  • ३. अर्काको नाममा मतदान गर्ने पक्राउ

  • ४. मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

  • ५. चितवनमा मतदान जारी, निर्वाचन बिरोधी गतिविधि गर्ने तीन जना पक्राउ

  • ६. सोधपुछपछि तारेखमा छुटे प्रकाउ परेका टिकटकर रतन कार्की

  • ७. इजरायल–इरान युद्ध पाँचौँ दिनमा प्रवेशः रातभर इरानको प्रहार

  • ८. अफगानिस्तानका ३७ स्थानमा हवाई आक्रमण गरेको पाकिस्तानको दाबी

  • ९. इरानले खाडी मुलुकमा गरेको हमलाको साउदी अरबद्वारा निन्दा

  • १०. नागरिकहरूलाई घरभित्रै सुरक्षित रहन युएई सरकारको विशेष अपील

आन्तरिक र बाह्य पर्यटकको रोजाइमा ‘चन्द्रागिरी’

काठमाडौं । नेपालको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको ‘चन्द्रागिरी डाँडा’ स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बन्दै गएको छ ।

संघीय राजधानीबाट दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित रमणीयस्थल चन्द्रागिरीबाट काठमाडौँ उपत्यकाका साथै धादिङ, नुवाकोट, मकवानपुरलगायतका स्थलको मनोरम दृश्य देखिने र यहाँ विकास भएको एकीकृत पर्यटकीय संरचनामा रमाउन पाउने भएपछि यो डाँडा स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बनेको हो ।

स्वदेशी तथा विदेशी पर्यटक हिमाल र काठमाडौँ उपत्यकाको मनोरम दृश्यमा रमाउन, आफ्नो दैनिकीबाट विश्राम लिई आराम गर्न, सभा–समारोह र बैठक आयोजना गर्न, विदेश तथा उपत्यका बाहिरबाट आएका पाहुनालाई भ्रमण गराउन चन्द्रागिरी जाने गरेका छन् । साथै धार्मिक तथा ऐतिहासिक चासो राख्ने व्यक्ति पनि दर्शन तथा अध्ययनका लागि चन्द्रागिरी पुग्ने गरेका छन् ।

शाहवंशीय राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियानमा यही चन्द्रागिरी डाँडाबाट अवलोकन गरी काठमाडौँ उपत्यका ९तत्कालीन नेपाल खाल्डो० को एकीकरणको सोच बनाएका थिए भन्ने ऐतिहासिक तथ्य नेपाल राज्य निर्माणको इतिहासमा भेटिन्छ ।

त्यसैले यही डाँडामा पृथ्वीनारायण शाहको सालिक पनि निर्माण गरिएको छ । उक्त इतिहाससँग जोडिएको सो सालिक त्यहाँ पुग्ने जो–कोहीको पनि मुख्य आकर्षण बन्ने गरेको छ र उनीहरू यो सालिकसँगै तस्बिर लिने गरेका छन् ।

चन्द्रगिरीमा भालेश्वर महादेवको मन्दिर छ । जहाँ साक्षात् महादेव उत्पत्ति भएको किंम्वदन्ती रहेकाले पनि यसको धार्मिक महत्वका कारण धेरै नेपाली तथा भारतीय नागरिक यहाँ पुग्ने गरेका छन् ।

यसरी आन्तरिक तथा बाह्य पर्यटकका अतिरिक्त यहाँको ऐतिहासिक र धार्मिक अध्ययन गर्नेहरूको पनि यो डाँडा आकर्षक गन्तव्य बन्न पुगेको देखिएको छ ।

२०७३ पुस १ देखि चन्द्रागिरी हिल्स लिमिटेडले व्यावसायिक रूपमा केबलकार सञ्चालनमा ल्याएसँगै केबलकारमार्फत चन्द्रागिरी डाँडामा उक्लिने यात्रुको संख्यामा वृद्धि भएको हो । यस्तै पर्यटकहरू पैदलमार्गबाट समेत चन्द्रागिरी डाँडा जाने गरेका छन् । यो लामो समयदेखिको ‘ट्रेकिङ रुट’ हो र अहिले पनि यसको महत्व घटेको छैन ।

चन्द्रागिरी हिल्स लिमिटेडका फाइनान्स प्रमुख विनायक पोखरेल बिहान ८ देखि बेलुका ८ बजेसम्म सञ्चालन हुने केबलकारमार्फत गएको पुसमा ७१ हजार १ सय ४५ जनाले चन्द्रागिरीको भ्रमण गरेको बताउँछन् । केबलकारमार्फत चन्द्रागिरी डाँडामा जान नेपाली नागरिकका लागि ७ सय ९९, नेपाली विद्यार्थीका लागि ६ सय र विदेशी नागरिकका लागि २२ अमेरिकी डलर शुल्क लाग्छ ।

चन्द्रागिरी डाँडामा अहिले दैनिक २ हजार व्यक्ति केबलकारबाट जाने गरेका छन् । बिदाका दिन ५ हजार व्यक्ति चन्द्रागिरी डाँडा पुग्ने गरेका छन् । चन्द्रागिरी डाँडामा भालेश्वर मन्दिर, पृथ्वीनारायण शाहको सालिक, जिपलाइन, बालउद्यान, घोडाचढी, चन्द्रागिरी हिल्स रिसोर्टलगायत हेर्नलायक र घुम्नलायक ठाउँ छन् ।

चन्द्रागिरी हिल्समा आर्थिक वर्ष २०७८र७९ मा ५ लाख ७ हजार ४ सय ११ नेपाली र ६३ हजार ३ सय ४४ सार्कसहित विदेशी मुलुकका पर्यटकले भ्रमण गरेको हिल्सका फाइनान्स प्रमुख पोखरेलले बताए ।

चन्द्रागिरी डाँडामा जिपलाइन सञ्चालनमा आएसँगै स्वदेशी तथा विदेशी पर्यटक बढ्न थालेका छन् । चन्द्रागिरी हिल्स प्रालिले गत वर्षदेखि जिपलाइन सञ्चालनमा ल्याएको थियो । जिपलाइन सञ्चालनमा ल्याएसँगै चन्द्रागिरीमा जिपलाइनको मज्जा लिने पर्यटकसमेत बढेका हुन् ।

७० लाख लगानीमा निर्माण गरिएको जिपलाइनको लम्बाइ सय मिटर छ भने अर्को २ सय मिटर लम्बाइ भएको जिपलाइनसमेत सञ्चालनमा छ । चन्द्रागिरी हिल्स प्रालिका महाप्रबन्धक सञ्जीव थापा स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्य स्थलका रूपमा चन्द्रागिरीलाई विकास गर्न जिपलाइन सञ्चालनमा ल्याएको बताउँछन् ।

भालेश्वर मन्दिर नजिकदेखि बाल खेल बगैँचासम्म सय मिटर लामो निर्माण गरिएको जिपलाइनको मज्जा लिन ४ सय तिर्नुपर्छ भने २ सय मिटर लामो जिपलाइनको मज्जा लिन ८ सय तिर्नुपर्छ । ‘आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्ने नीतिअनुसार चन्द्रागिरीमा विभिन्न भौतिक पूर्वाधार निर्माण गरेका हौँ,’ महाप्रबन्धक थापाले भने ।

अस्ट्रियाली ‘डोब्बलमेयर’ कम्पनीले निर्माण गरेको चन्द्रागिरी केबलकारको लम्बाइ २ किलोमिटर ४ सय ६० मिटर छ । यसका मार्गमा ११ टावर छन् । यात्रु बोक्ने ३८ र सामान बोक्ने तीन गरी ४१ गोण्डला छन् । चन्द्रागिरी डाँडामा पुग्न थानकोट स्टेसनबाट ९ देखि १४ मिनेट लाग्छ ।

केबलकारको एउटा डिब्बामा ८ व्यक्ति ओहोरदोहोर गर्न मिल्छ । गत वर्षहरूमा कोरोनाका कारण आन्तरिक तथा बाह्य पर्यटक घटे पनि यो वर्ष पर्यटक आवागमनमा वृद्धि भएको चन्द्रागिरी हिल्सले जनाएको छ ।

चन्द्रागिरी हिल्स प्रालिले चन्द्रागिरीमा रिसोर्टसमेत सञ्चालनमा ल्याएको छ । अहिले काठमाडौँको व्यस्त दैनिकबाट केही समय आराम लिन र हप्ताभरको थकान मेट्न शुक्रबार या शनिबार आन्तरिक तथा बाह्य पर्यटक रिसोर्ट पुग्ने गरेका छन् ।

कुनै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमका सभा, सम्मेलन या सेमिनार आयोजनाका लागि पनि यहाँ हलको व्यवस्था छ । नेपाल सरकार एवं गैरसरकारी संघसंस्था र कम्पनीले यहाँ कार्यक्रम सञ्चालन गर्ने गरेका छन् ।

राजधानी काठमाडौँबाट सबैभन्दा नजिकको यो पर्यटकीय गन्तव्य सरकारको आमन्त्रणमा नेपाल आउने विभिन्न विदेशी विशिष्ठ पाहुनाको पनि आकर्षण बन्ने गरेको छ ।

Chitwan Aaja चितवन आज
मङ्गलबार, फागुन १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
रुकुम पूर्वबाट नेकपाले खोल्यो जितको खाता, ‘प्रचण्ड’ विजयी
जाजरकोटमा शक्ति बस्नेत तेस्रो स्थानमा
हर्क साम्पाङको स्टाटसः अन्तिम समयसम्म पर्खनुस्, आत्तिनु पर्दैन

ताजा समाचार

सबै

रुकुम पूर्वबाट नेकपाले खोल्यो जितको खाता, ‘प्रचण्ड’ विजयी

जाजरकोटमा शक्ति बस्नेत तेस्रो स्थानमा

हर्क साम्पाङको स्टाटसः अन्तिम समयसम्म पर्खनुस्, आत्तिनु पर्दैन

रामेछापमा ढिलो गरी मतगणना सुरु

चितवन-३ मा रेनुभन्दा सोबिता ४ हजार ६२३ मतले अगाडि

सल्यानमा नेकपाको सुरुवाती अग्रता

म्याग्दी–१ मा महावीर पुनको अग्रता

रवि लामिछानले भारी मतले अगाडि, पछ्याउदै मीना खरेल

पश्चिम नवलपरासीका दुवै क्षेत्रमा रास्वपाको अग्रता

मकवानपुरमा अझै सुरु भएन मतगणना, समय अन्योल

मुगुका २८ केन्द्रका मतपेटिका सदरमुकाम ल्याउन बाँकी

दैलेख १ मा नेपाली कांग्रेसको प्रारम्भिक अग्रता

धनुषा ३ मा रास्वपाको अग्रता, कांग्रेस दोस्रो

रुपन्देही-५ मा रास्वपाको फराकिलो अग्रता

मोरङका मत गणना सुरु भएका ३ क्षेत्रमै रास्वपाको अग्रता

चितवन २ मा रविले लिए अग्रता

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

  • २.
    इरानमाथि ठूलो आक्रमण, राष्ट्रपति भवनसहित प्रमुख स्थलमा बम वर्षा

  • ३.
    अर्काको नाममा मतदान गर्ने पक्राउ

  • ४.
    मौन अवधि सुरु भएसँगै रवि लामिछानेको आधिकारिक फेसबुक ‘गायब’

  • ५.
    चितवनमा मतदान जारी, निर्वाचन बिरोधी गतिविधि गर्ने तीन जना पक्राउ

  • ६.
    सोधपुछपछि तारेखमा छुटे प्रकाउ परेका टिकटकर रतन कार्की

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.