२७ कात्तिक, वीरगञ्ज –
डेंगु संक्रमणबाट पर्साको जिराभवानी गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।
जिराभवानी गाउँपालिका वडा नम्बर २ काठमाडौ टोल बस्ने ३५ वर्षीय श्रीराम मिर्दाहा थारुको डेंगु संक्रमणबाट मृत्यु भएको हो ।
थारुको स्वास्थ्यमा समस्या आएपछि कात्तिक १२ गते वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो ।
हेल्थ केयरमा उपचारको क्रममा उनलाई डेंगु संक्रमण भएको पुष्टी भएको थियो ।