चितवन, कात्तिक ४-
चौतारी साँझ २०७९ आज (शुक्रबार) हुँदैछ ।
अपरान्ह ४ बजेबाट चितवनस्थित क्यान्सर अस्पतालको सभाहलमा कार्यक्रम हुने भएको हो ।
श्रमजीवी पत्रकारहरुको सबैभन्दा ठूलो संगठन प्रेस चौतारी चितवनको भवन निमार्ण सहयोगार्थ चौतारी साँझ कार्यक्रम हुन लागेको हो ।
बृहत साँस्कृतिक तथा साहित्यिक कार्यक्रममा कलाकारहरु जीवन शर्मा, बद्री पंगेनी, एलिना चौहान, राजा राजेन्द्र र कवि सुदेश सत्यालको प्रस्तुती रहने प्रेस चौतारी चितवनले जनाएको छ ।
साथै कार्यक्रममा थारु नाच र देउँसी भैलो विशेष प्रस्तुतीको रुपमा रहेको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार