चितवन, असोज १७ –
नारायणगढको क्याम्पाचौरमा रेष्टुरेण्ड एण्ड बार एशोसियसन (रेवान) चितवनले फुलपातीका दिन आयोजना गरेको दशैं फुड एण्ड म्युजिक फिस्टा सफलताका साथ सम्पन्न भएको छ ।
रेवान चितवनका अध्यक्ष अचुतराज भट्टले कार्यक्रम सफलताका साथ सम्पन्न भएको बताए । म्युजिक फिस्टामा ८ हजार दर्शक आएका भट्टले चितवन आजलाई जानकारी दिए ।
म्युजिक फिस्टामा द ऐज ब्याण्ड, गायक विवेक वाइबा लामा (भेक), गायक प्रकाश सपुत र गायक यावेश थापाले प्रस्तुती दिएका थिए ।
दिउँसो २ बजेबाट सुरु भएको कार्यक्रम राति १० बजेसम्म चलेको थियो । पाँच सय रुपैयाँको टिकट काटेरमात्र कार्यक्रममा प्रवेश गर्न पाइने व्यवस्था गरिएको थियो ।
रेवान चितवनका अध्यक्ष भट्टले आफूहरुको यो पहिलो कार्यक्रम रहेको र यो कार्यक्रमलाई वर्षेनी निरन्तरता दिने कार्ययोजना बनाइएको बताए ।
हेर्नुहोस्, चितवन आजका प्रमुख संवाददाता हिरालाल आचार्य डायमण्डले तयार पारेको भिडियो सामग्री । हामीले यहाँ ‘द ऐज ब्याण्ड’ ले प्रस्तुती दिएका बेला खिचिएका केही झलकहरुलाई प्रस्तुत गरेका छौं ।