एजेन्सी, असोज १०-
अमेरिकी मोडल तथा उद्यमी काइली जेनर संसारकै महंगी सेलिब्रिटी बनेकी छन् ।
उनी सूचीको पहिलो स्थानमा छिन् भने उनको पारिश्रमिक ५८५ मिलियन अमेरिकी डलर छ ।
अमेरिकी गायिका तथा गीतकार टेलर स्वीफ्ट दोस्रो स्थानमा छिन् र उनको पारिश्रमिक १७०.५ मिलियन डलर छ । फोर्ब्सको तेस्रो स्थानमा अमेरिकी र्यापर र फेसन डिजाइनर केनी वेस्ट छन् ।
सन् २०२२ वेस्टले १५०.२ मिलियन डलर लिएका छन् । चौथोमा १२७ मिलियन डलरसहित अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसी छन् ।
पाँचौंमा ११०.३ मिलियन डलरसहित गायक एड सिरन छन् । पोर्चुगिज फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो १०९.२ मिलियन डलरसहित छैटौं स्थानमा छन् भने अमेरिकी रक ब्यान्ड एगल्सले १०१ मिलियन डलरसहित आठौं स्थान सुरक्षित गरेको छ ।
हलिउड अभिनेता ड्वायन जोन्सन ८९.७ मिलियन डलरसहित सूचीको १५ औैं स्थानमा छन् । गायक एल्टन जोन ८४ मिलियन डलरसहित सूचीको १९ औं स्थानमा छन् ।
फोर्ब्स म्यागजिनका अनुसारसन् २०२२ मा संसारका महंगा सेलिब्रिटी फिल्म, संगीत, फेसन र खेलकुद क्षेत्रबाट समेटिएका छन् ।
यो सूचीमा सेलिब्रिटी सम्पत्ति नभएर पारिश्रमिक मात्र जोडिएको छ ।