१५ भाद्र,चितवन –
पश्चिम् चितवन स्थित भरतपुर २७ मेघौली पर्साढापमा तीज विशेष मेला गरिएको छ ।
हिन्दु नारीहरुको महान् चार्ड हरितालीका तिजको पावन अवसरमा पर्साढाप व्यापार संघद्वारा तिज विशेष कार्यक्रम गरिएको हो ।
पर्साढाप आपबगैचा स्थित शिबालय पार्कमा मेला आयोजना गरिएको थियो। रमाइलो मेलामा तिज गित र नृत्य प्रतियोगिता संगै ठेला हान्ने, घैंटो फुटाई,म्युजिकल चियर लगायतका खेलहरु पनि खेलाइएको थियो ।
करिब ५०० जना भन्दा बढीको सहभागिता रहेको कार्यक्रम भब्य रुपमा सफल भएको पर्साढाप व्यापार संघका अध्यक्ष भिम कुमार श्रेष्ठ बताउनुहुन्छ।
बिगतका बर्षहरुमा भन्दा यो बर्ष कार्यक्रम थप उल्लासमय रहेको श्रेष्ठको ठम्याइ छ ।उहाँ भन्नुहुन्छ,”करिब २ बर्ष कोभिडले गर्दा कार्यक्रम हुन सकेन,यस बर्ष कार्यक्रम हामिले गर्न सफल भयौं ।
तिज बिशेष प्रतियोगितात्म्क कार्यक्रम,विभिन्न खेलकुदका कार्यक्रम र रमाइलो मेलाले कार्यक्रमको शोभा बढाएको ब्यापार संघका सचिव तिर्थ सापकोटा बताउनुहुन्छ।
तिज बिशेष प्रतियोगितामा क्रमशस्सत्यवन आमा समूह ,न्यौपाने चेलिबेटी समूह,जानकी माबी बिध्यार्थी समूह र हिमशिखर महिला समूह प्रथम,द्वितीय ,तृतीय र सान्तवना पुरस्कार प्राप्त गर्न सफल भएका थिए।
पर्साढाप बजार विकास समिति, पर्साढाप युवा क्लब, जानकि युवा क्लब, राधा समाज कल्याण आमा समूह,शिवालय हाट बजार समिति लगायत थुप्रै सहयोगि संस्थाहरुले कार्यक्रममा सहयोग गरेका थिए।