चितवन, भदौ ७-
अमेरिकी गायन रियालिटी शो अमेरिकन आइडल २०२० का उपविजेता ‘अर्थर गन’ ९दिवेश पोखरेल० ले भोली चितवनस्थित लाइम एण्ड लेमन लाउञ्ज क्याफे मा लाइभ प्रस्तुती दिने भएका छन् ।
बेलुकी ठीक ६ देखि ८ बजेसम्म अर्थर गनको लाइभ प्रस्तुति हुने भएको हो ।
२ साता अघिदेखि नै टिकट बिक्री गरिएको कार्यक्रमको पहिलो चरण र विद्यार्थी सहुलियतका टिकटहरु बिक्री भइसकेका छन् भने दोस्रो चरणका केही टिकटहरू मात्र बाँकी रहेको आयोजकले जनाएको छ ।
भोली दिउँसो २ बजेदेखि नै टिकट बिक्री वितरण बन्द गरिने आयोजकले जनाएको छ ।
अर्थरलाई बियर ब्रान्ड टुबोर्गले गत साता ‘होम कमिंग अर्थर गन’ नाम दिएर सांगीतिक यात्राका लागि नेपाल भित्र्याएको हो ।
अंग्रेज़ी गायनमा संसारभर युवामाझ परिचित अर्थरलाई टुबोर्गले ब्रेन सर्भिसिङ र एमएन इभेन्ट्ससँगको सहकार्यमा नेपाल निम्त्याएको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार