बारा, २४ असार –
बाराको आर्दशकोतवाल गाँउपालिका–५ रुपवलियामा हिजो मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानिय बिल्टु रामकी तीन बर्षीया छोरी सृष्टी कुमारी रहेकी छन् ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको बिरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको हो ।
सिम्रौनगढबाट कोल्हबी तर्फ जादै गरेका हाल नम्बर नखुलेको मोटरसाइकलले हिजो बेलुकी पौने ८ बजे बालिकालाई ठक्कर दिएको थियो ।
दुर्घटना पछि मोटरसाइकलसहित फरार भएका चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रआर्दश बाराले जनाएको छ । – न्युज कारखाना
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार






