चितवन,असार २२ –
माडीमा जंगली हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन् ।
माडी नगरपालिका ९ कृष्णनगरका ५३ बर्षका मंगल बोटेलाई आफ्नो मकै बारिमा आएको हात्ती थपाउने क्रममा गएराती ११ बजे हात्तीले आक्रमण गरेको हो ।
उनको दुबै खुट्टाको साप्रामा चोट लागेको चितवन प्रहरीले जनाएको छ । माडी बघौडा हस्पिटलमा सामान्य उपचार पश्चात उनको डिर्चाज भएको प्रहरीले जनाएको छ ।