चितवन, कार्तिक ५-
नेपाल प्रिमियर लिग फ्रेन्चाईज टिम चितवन राइनोजले युवा र स्थानीय खेलाडीलाई छनोट गर्ने उद्देश्यले ‘ट्यालेन्ट हन्ट’ कार्यक्रम गर्ने भएको छ ।
राइनोजले एनपीएल ट्रफी टुरको अवसर पारेर सौराहाबाट ‘ट्यालेन्ट हन्ट’को मिति घोषणा समेत गरेको छ । राइनोजका अनुसार यही कार्तिक २४ र २५ (नोभेम्बर १० र ११ ) गते भरतपुरमा ‘ट्यालेन्ट हन्ट’ गरिनेछ । चितवनको क्रिकेटलाई थप बलियो बनाउन राइनोजले “ट्यालेन्ट हन्ट” कार्यक्रम गरिएको निर्देशक प्रताप देवकोटाले जानकारी दिए ।
यस ‘ट्यालेन्ट हन्ट’बाट चितवनका प्रतिभावान युवा खेलाडीहरूलाई छनोट गरी व्यावसायिक क्रिकेटमा प्रवेशको अवसर दिइने राइनोजले जनाएको छ । ‘ट्यालेन्ट हन्ट’मा भाग लिन चाहने खेलाडीहरुले अनलाइन मार्फत नाम दर्ता गराउनुपर्ने हुन्छ । त्यसका लागि राइनोजले अनलाइन आवेदन खुला गरि सकेको जनाएको छ । ‘ट्यालेन्ट हन्ट’को स्थान भने छनोट गर्न बाँकी छ ।पहिलो सिजनमा चितवन मेडिकल कलेज कैलाशनगरमा निर्माण गरिएको प्राक्टिस नेटमा ट्यालेन्ट हन्ट गरिएको थियो ।