काठमाडौं, साउन ३१-
टप एण्ड टी–२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेश ‘ए’ विरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
अस्ट्रेलियाको नर्दन टेरिटोरीमा नेपालविरुद्ध बंगलादेश ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।
दुवै टोलीले पहिलो खेलमा हार बेहोरेका थिए । आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली नर्दन टेरिटोरी ९एनटी० स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो ।
बंगलादेश ‘ए’ आफ्नो पहिलो खेलमा पाकिस्तान शाहिन्ससँग ७९ रनले पराजित भएको थियो ।