काठमाडौं, साउन ३०-
अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो पहिलो खेल खेलिरहेको नेपालले नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँगको खेल जित्न प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ ।
एनटीले नेपाललाई १७८ रनको लक्ष्य दिएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एनटीले २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनायो ।