२८ फागुन, काठमाडौं-
नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेलाडीहरूको नयाँ ग्रेडिङ सार्वजनिक गरेको छ ।
बुधबार क्यानले सार्वजनिक गरेको ग्रेडिङअनुसार ३३ खेलाडीहरू सेन्ट्रल कन्ट्रयाक्टमा छन् ।
ग्रेड एमा कप्तान रोहितकुमार पौडेलसँगै सन्दीप लामिछाने, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र आसिफ शेख छन् ।
यसअघि ए मा रहेका कुशल भुर्तेल बी मा समावेश छन् ।