चितवन, फागुन ०८
प्रथम मिन्नानो वडा नम्बर ११ टोल स्तरीय भेट्रान्स ८ ए साइड फुटबल प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ । युनिक क्लब बसेनी र एभरेष्ट क्लबको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
युनिक क्लबको मैदानमा हुने प्रतियोगितामा ११ नम्बर वडा भित्रका १७ टोल सहभागी हुने संयोजक निर्मल अंमगाईले जानकारी दिए । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित ४५ देखि ५० किलोको खसी तथा उपविजेताले २० देखि २५ किलोको खसी प्राप्त गर्नेछ ।
विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको संयोजक अंमगाईले बताए ।
प्रतियोगिताको उद्घाटन खेलमा निल गिरी टोल र जखडीमाई टोल भिड्नेछन् । खेल दिउँसो ३ बजे हुने आयोजकले जनाएको छ ।
—
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार