चितवन, माघ ३०-
नारायणी इङ्लिस पब्लिक स्कुलको ३० औँ वार्षिकोत्सवको अवसरमा जिल्लास्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा युनिक एकेडेमी प्रथम, इन्टरनेसनल इङ्लिस स्कुल द्वितीय र जनप्रिय इङ्लिस स्कुलले तृतीय स्थान हासिल गरे ।
विद्यालयका प्राचार्य वेदराज न्यौपानेको अध्यक्षता एवम् मेट्रो प्याब्सनका अध्यक्ष मीनराज बस्ताकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष बस्ताकोटीले हाजिरीजवाफमा विद्यार्थीहरु अब्बल भएको खण्डमा पछि भविष्यमा उक्त ज्ञानले जीवनमा टेवा पु¥याउने बताए ।
असिम देवकोटाको संयोजकत्वमा भएको कार्यक्रममा अतिरिक्त क्रियाकलाप प्रमुख नवीन बगालेले स्वागत मन्तव्य राखेका थिए ।