काठमाडौँ, पुस ६ –
नेपाल प्रिमियर लिगको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ । टस जितेर कप्तान दीपेन्द्र सिंह ऐरले पहिले ब्याटिङ रोजेका हुन् ।
टसका क्रममा बोल्दै ऐरीले पिच ब्याटिङका लागि राम्रो हुने अनुमान गरे । उनले १६० रनसम्म रन बनाउने आफूहरुको लक्ष्य रहेको पनि जानकारी दिए ।