काठमाडौँ, पुस ३ –
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बुधबार जारी पहिलो ‘क्वालिफायर’ खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई जितका लागि एक सय ४० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रन बनाएको हो ।