काठमाडौं, मंसिर ३० –
नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम रोयल्सले १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमलाई निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५३ रनको योगफल खडा गरेको हो ।
सुदूरपश्चिमका आरिफ सेखले सर्वाधिक ४२ रन बनाए । उनले ३८ बलमा दुई चौका र एक छक्का प्रहार गरे । ब्रान्डन म्याकमुलमले १६ बलमा एक चौका र दुई छक्कासहित २३ रन थपे । कप्तान दीपेन्द्रसिंह ऐरीले १६ बलमा एक चौकासहित २० रन जोडे ।