काठमाडौँ, १४ कात्तिक :
साफ महिला च्याम्पियनसिप २०२४ फाइनलको पहिलो हाफमा घरेलु टिम नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका छन् ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी पहिलो हाफमा दुवै टिमले गोलका केही अवसर सदुपयोग गर्न सकेनन् ।
खेलको दोस्रो मिनेटमै बंगलादेशले गोलको सुन्दर अवसर सदुपयोग गर्न सकेन । नेपाली रक्षक गीता राना डिफेन्ड प्रहारमा चिप्लिदा उनको प्रहार सटिक हुन सकेको थिएन । सोही बललाई नियन्त्रणमा लिँदै बंगलादेशी कप्तान सविना खातुनले १८ यार्ड बक्स बाहिरबाट गरेको प्रहार पोस्टमा लागेर फर्कियो ।