काठमाडाैं चैत २८
काठमाडौंको वायु प्रदूषणको स्तर अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको छ । अत्यन्त अस्वस्थकर वायु भएका देशहरूको सूचीमा नेपाल एक नम्बरमा छ । काठमाडौं वायु प्रदूषणको हिसाबले विश्वमै पहिलो स्थानमा छ ।
काठमाडौं उपत्यकाभित्र पनि खुमलटार, रत्नपार्क र भक्तपुरको वायु प्रदूषण अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको छ ।
विश्वभरको वायु प्रदूषणको रेकर्ड गर्ने आईक्यूएयरले आज विश्वका वायु प्रदूषित शहरको सूचीमा काठमाडौँ उपत्यकालाई पहिलो नम्बरमा राखेको छ । आईक्यूएयरका अनुसार अहिले काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचकांक (एक्यूआई) २४५ (यो समाचार तयार पार्दा) छ । यो अति अस्वस्थकर वायु मानिन्छ ।








