काठमाडौँ, २६ चैत
गायक निशान भट्टराई र ऋचा न्यौपानेबीच सम्बन्धबिच्छेद भएको छ । चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको हो ।
“उहाँहरू दुवै (निशासन भट्टराई र ऋचा न्यौपाने)ले दिनुभएको संयुक्त निवेदनमा चैत ७ गते अदालतले सम्बन्धबिच्छेदको आदेश दिएको हो,” काभ्रेपलान्चोक जिल्ला अदालतका सूचना अधिकारी हिराकुमारी भण्डारीले भनिन् । उनका अनुसार ऋचाले सम्बन्धबिच्छेद गर्दा अंश दाबी भने गरेकी छैनन् ।
२०७७ सालमा यी दुईबिच कानुनी विवाह भएको थियो। उनीहरूबीच विवाह गरेको केही समयपछि नै सम्बन्ध राम्रो नभएको खबर बाहिरिएको थियो ।
निशान नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप हुन् भने पछिल्लो समय उनी चल्तीका गायक हुन् । ऋचा भने मोडलिङ पेशामा आबद्ध छिन् ।








