Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, फागुन ०१, २०८२
☰
Logo शुक्रबार, फागुन ०१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

लोकप्रिय समाचार

  • १. आज मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहाेस् आजको राशिफल

  • २. भरतपुर र माडीका ३०० मतदाता भेट्दा यस्तो पाइयो चितवन- ३ को मनोविज्ञान

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ५. महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ

  • ६. काठमाडौँलाई मधेस बुझाउन उम्मेदवारी दिएको हुँः सभापति थापा

  • ७. रास्वपा सभापति लामिछाने सहभागी हुने कार्यक्रममा निर्वाचन आचारसंहिता पालना गर्न प्रशासनको निर्देशन

  • ८. भरतपुरमा अर्को सडक दुर्घटनाः एक जनाको मृत्यु ,एक जना घाइते

  • ९. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • १०. महाशिवरात्रिको तयारी पूरा, ४० लाख खर्च लाग्ने

वन डढेलोले अस्वस्थ वायु, काठमाडौँलगायतका मुख्य सहरमा वायु प्रदूषण उच्च

काठमाडौँ, २६ चैत
मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायु प्रदूषण बढेको छ । डढेलोका कारण काठमाडौँ र पोखरालगायतका देशका मुख्य सहरमा वायु प्रदूषण उच्च मापन गरिएको छ ।

‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज दिउँसो विश्वका प्रदुषित सहरको सूचीमा काठमाडौँ तेस्रो स्थानमा छ । काठमाडौँको आज वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६५ छ । वातावरण अभियन्ता राजन थापाका अनुसार एक्यूआई एक सयभन्दा माथि भएमा वायु अस्वस्थकर मानिन्छ ।

“वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) शून्यदेखि ५० सम्म स्वस्थ्यकर, ५१ देखि एक सयसम्म मध्यम, एक सयदेखि एक सय ५० सम्म अस्वस्थ्यकर र एक सय ५० देखि दुई सयसम्मलाई अति अस्वस्थ्यकर मानिन्छ”, थापाले भन्नुभयो ।

उहाँका अनुसार आज काठमाडौँ उपत्यकामा दरबारमार्गमा एक सय ८४, खुमलटारमा एक सय ५८, भक्तपुरमा क्यान्सर अस्पतालमा एक सय ७४, रत्नपार्कमा एक सय २० एक्यूआई मापन गरिएको छ । जुन स्वास्थ्यका दृष्टिकोणले अति अस्वस्थकर भएको उहाँको भनाइ छ ।

अभियन्ता थापाका अनुसार नेपालमा साधरणतया वर्षमा दुई हजार पाँच सयको हाराहारीमा डढेलाको घटना घट्छन् । “असी प्रतिशत वन डढेलाको घटना फागुन मध्यदेखि जेठको मध्यसम्म हुने गर्छन् । चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोको घटनाहरु हुने गरेको पाइन्छ”, उहाँले भन्नुभयो, “मध्य फागुनदेखि जेठ मध्यसम्म डढेलाको घटनाहरु हुने भएकाले यो समयमा सतर्क हुनु जरुरी हुन्छ ।” उहाँले यतिबेला वन डढेलो, निर्माणधिन पूर्वाधारका साथै धुलो धुँलो, प्लाष्टिक बाल्दा तथा सवारी साधनका कारण पनि वायु प्रदूषण हुने गरेको बताउनुभयो ।

“प्रदूषण कम गर्न सडक बिस्तार तथा निर्माणका साथै सवारी साधन जाँचपासमा पनि ध्यान दिन जरुरी छ”, उहाँले भन्नुभयो, “प्रदूषण नियन्त्रणका योजनाको उचित कार्यान्वयनका आवश्यक छ ।” सडक निर्माण÷बिस्तार व्यवस्थित नहुनु, सडक व्यवस्थापनको सट्टा बिस्तारमा मात्र जोड नदिनु, वातावरणमैत्री सवारी साधनलाई प्राथमिकता नदिनुलगायतका समस्याले पनि वायु प्रदूषण नियन्त्रणमा समस्या भएका उहाँको बुझाइ छ ।

मौसमविद् वरुण पौडेलले अझै एक सातासम्म वर्षाको सम्भावना नभएकाले डढेलो नियन्त्रणमा कठिनाइ हुनसक्ने बताउनुभयो । “तत्काल ठूलो वर्षा नहुने भएकाले सुक्खा बढ्ने र तातोहावा चल्ने सम्भावना छ । यसले डढेलो बढाउनसक्छ”, उहाँले भन्नुभयो ।

डढेलोविद् सुन्दर शर्माका अनुसार मुलुकभर लागेको डढेलोको असर काठमाडौँलगायतका सहरमा वायू प्रदूषण देखिएको हो । उहाँका अनुसार बढ्दो डढेलाको धुँवाका कारण वायु प्रदूषण हुने र प्रदूषणले आँखा पोल्ने समस्या हुनसक्छ ।

अमेरिकास्थित द नेशनल एरोनोटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन (नासा)को वेवसाइटको तथ्याङ्कअनुसार सोमबार दिउँसो मुलुकका विभिन्न एक सय ३० स्थानमा डढेलो लागिरहेको छ । “केही दिनदेखि नेपालमा सुक्खा बढिरहेको छ, तीन दिनयता वन डढेला पनि बढेको छ, आइतबार पनि एक सय पाँच स्थानका वनमा डढेलो लागेको थियो”, उहाँले भन्नुभयो, “बढ्दो डढेलोका कारण वायु प्रदूषण बढेको छ । सुक्खा अझै बढ्दै गए डढेलो नियन्त्रणमा समस्या आउनसक्छ ।” प्रदूषण नियन्त्रणका गर्नका लागि डढेलो नियन्त्रण गर्न जरुरी रहेको शर्माले बताउनुभयो ।

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रीराज ढुङ्गानाले वायु गुणस्तर सुधारका लागि राज्यको पर्याप्त लगानी नहुनु, मानवीय चेतनाको कमी, अन्तरनिकायबीच समन्वयको अभावले समस्या उत्पन्न भएको बताउनुहुन्छ । “विभिन्न आयोजना निर्माणका क्रममा वातावरणीय प्रभाव मूल्याङ्कनको प्रावधान, फोहोर मैला व्यवस्थापनसम्बन्धी स्थानीय सरकारका नियम, वातावरणीय मापदण्डलगायतको प्रभावकारी कार्यन्वयन नहुँदा प्रदूषण बढिरहेको छ”, उहाँले भन्नुभयो, “प्रदूषण कम गर्नका लागि मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि प्रभावकारी रुपमा अनुगमन गर्न समन्वय भइरहेको छ ।”

उहाँले पनि वन डढेलोका कारण प्रदूषण बढिरहेकाले डढेलो नियन्त्रणका लागि व्यापक प्रचारप्रसारका गतिविधि अगाडि बढाउने सरकारी नीति आवश्यक भएको बताउनुभयो ।

छातिरोग विषेशज्ञ डा निरज बमले प्रदूषणका कारण मानवीय स्वास्थ्यमा अल्पकालीन र दीर्घकालीन स्वास्थ्य समस्याको जोखिम रहेको बताउनुभयो । “वायु प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या आउने, रुघाखोकी लाग्ने, दम बढाउने, फोक्सोको क्यान्सर, उच्च रक्तचाप, पक्षघात, ह्दयघात हुने समस्या देखिनसक्छ”, उहाँले भन्नुभयो, “त्यसबाहेक आँखा र छाला चिलाउनेलगायतका समस्या पनि देखिन्छन् । प्रदूषणको समयमा यसप्रकारका रोगीहरु सर्तक रहन जरुरी छ ।” उहाँले प्रदूषणको समयमा सकेसम्म घरबाहिर ननिस्कन, निस्कनै परे अनिवार्य मास्कको प्रयोग गर्न र बिहानको समयमा बढी प्रदूषण हुने भएकाले ‘मर्निङ वाक’मा ढिलो गरी निस्कन आग्रह गर्नुभयो ।

काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार एक्युआई तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्का रुपमा लिइन्छ । यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहोर नजलाउने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग बढाउने, बालबालिका, ज्येष्ठ नागरिक र बिरामीहरुलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने उल्लेख गरिएको छ ।

राष्ट्रिय वातावरण नीति, २०७६ मा प्रदूषण कम गर्नका लागि जल, वायु, माटो, ध्वनि, विद्युत्, चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण, जोखिमपूर्ण रसायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गरिने उल्लेख छ । प्रमुख सहरहरू, औद्योगिक प्रतिष्ठानलगायत प्रदूषणको जोखिममा रहेका क्षेत्रमा गुणस्तर मापन केन्द्र स्थापना र सञ्चालन गर्दै वायु, जल, ध्वनि गुणस्तरको नक्शाङ्कन गरिनेछ रणनीतिमा भनिएको छ ।

औद्योगिक तथा अन्य क्षेत्रबाट निष्कासन हुने प्रदूषित पानीको प्रशोधनको व्यवस्था तथा उद्योग र अन्य व्यवसायबाट निष्कासन हुने प्रदूषणयुक्त धुँवा, धूलो, पानीलाई व्यवस्थित गर्न वातावरणमैत्री प्रविधि कार्यान्वयनमा ल्याइनेछ नीतिमा उल्लेख छ । घरभित्रको वायु प्रदूषणलाई न्यूनीकरण गर्नका लागि सौर्य तथा विद्युतीय चुल्हो, बायोग्याँस, सुधारिएको चुल्हो, चिम्नी जस्ता उपकरणहरूको प्रवद्र्धन गरिने र ऊर्जा किफायती भवन निर्माणमा जोड दिइनेछ समेत सरकारको नीति छ ।

प्रदूषण नियन्त्रणका लागि उत्सर्जन स्थल नक्साङ्कनका लागि विक्षेपण जस्ता नवीनतम विधिहरूको प्रयोग गरिने पुनःप्रयोग गर्न नमिल्ने फोहरलाई आवश्यकतानुसार फोहर बिसर्जन क्षेत्र, हानिकारक फोहर विसर्जन क्षेत्र भष्मीकरण यन्त्रको माध्यमबाट सुरक्षित तरिकाले बिसर्जन गरिने तथा औधोगिक प्रतिष्ठान, अस्पताल वा अन्य कुनै स्थान विशेषबाट निस्कने फोहरलाई एकीकृत भष्मीकरण यन्त्र स्थापना गरी विसर्जन गरिने रणनीतिमा उल्लेख गरिएको छ । -राष्ट्रिय समाचार समिति (रासस)

Chitwan Aaja चितवन आज
सोमबार, चैत २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
ठगीको अभियोगमा तीन जना पक्राउ
तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:
चक्कु प्रहार गरेर किशोरको हत्या

ताजा समाचार

सबै

ठगीको अभियोगमा तीन जना पक्राउ

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

चक्कु प्रहार गरेर किशोरको हत्या

बागलुङ बजारमा स्कूल बस दुर्घटनामा २३ विद्यार्थी घाइते

बसको ढोकाबाट खसेर बैतडीमा एक जानको मृत्यु

आइसिसी टी-२० विश्वकप: नेपालमाथि इटालीको ऐतिहासिक जित

यस वर्ष रासायनिक मल कम आयात हुने

दक्ष प्रहरी जनशक्ति उत्पादनमा प्रहरी प्रशिक्षण प्रतिष्ठानको महत्वपूर्ण भूमिका छ: प्रहरी महानिरीक्षक

मतभेद भए पनि राष्ट्रलाई अप्ठेरो परेका बेला दलहरूबीच सहकार्य हुँदै आएको छ : संयोजक दाहाल

एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ सकियो

प्रत्यक्षतर्फका सबै उम्मेदवारलाई यही फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

चितवन राष्ट्रिय गाई प्रदर्शनी, कामना कृषि फर्मको गाई सर्वोत्कृष्ट

चुनावी प्रचारप्रसारका लागि ‘डिजिटल प्लेटफर्म’ उपयोगी बन्दै

राष्ट्रपतिले गरे राष्ट्रियसभाको अधिवेशन अन्त्य

एकमहिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु

१०० रुपैयाँले सुनको मूल्य घट्दा चाँदीको बढ्यो

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहाेस् आजको राशिफल

  • २.
    भरतपुर र माडीका ३०० मतदाता भेट्दा यस्तो पाइयो चितवन- ३ को मनोविज्ञान

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ५.
    महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ

  • ६.
    काठमाडौँलाई मधेस बुझाउन उम्मेदवारी दिएको हुँः सभापति थापा

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.