पोखरा, १७ चैत
पोखरामा बस दुर्घटना भएको छ । पोखराको लेखनाथ अर्चलेमा ग१ख ८६८० नम्बरको बस दुर्घटना भएको हो। दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।
दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयल कास्कीका सूचना अधिकारी सूर्यबहादुर रानामगरका अनुसार दुई घाइतेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
बसमा चालक र सहचालक मात्रै भएकोले ठुलो मानवीय क्षति नभएको स्थानिय विनोद लामिछानेले बताए ।








