१४ चैत, काठमाडौं
नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बमलाई प्रहरीले पक्राउ गरेको छ ।
बमलाई प्रहरी वृत्त महाराजगञ्जकाे टोलीले बुधबार बालाजु क्षेत्रबाट पक्राउ गरेको हो । रश्मिला कुमारी धामीले दिएको जाहेरीका आधारमा रक्षालाई प्रहरीले पक्राउ गरेको हो।
रक्षाले धामीको को मोबाइलमा अनधिकृत प्रवेश गरी गोप्य कागजात लिई ५ लाख माग गरेको पीडितको जाहेरीमा उल्लेख छ ।
मोबाइल नियन्त्रणमा लिएर धम्क्याएको तथा आपराधिक लाभको कसुर गरेकाे भन्दै रक्षाविरुद्ध उजुरी परेको थियो ।








