काठमाडाैं, चैत १४
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आरती सम्पर्कमा आएकी छन् ।
मेयर हमालले सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै छोरी सकुशल भेटिएको बताएका छन् ।
गत सोमवारदेखि भारतको गोवाबाट सम्पर्कविहीन बनेकी आफ्नी जेठी छोरी आरती हमाल सम्पर्कमा आएकी मेयर हमालले जानकारी दिएका छन् ।
छोरी सम्पर्कविहीन भएपछि मेयर हमालले सहयोगका लागि फसबूकमार्फत नै अपिल गरेका थिए ।








