धनुषा, ८ चैत
धनुषामा मदिराको नसामा १८ वर्षीय युवकको हत्या भएको छ। तिन युवाबीच विवाद बढ्दै गएपछि कैफ नदाफको चक्कु प्रहारबाट मृत्यु भएको हो ।
मृतक १८ वर्षीय नदाफसहित २० वर्षीय सहमद नदाफ र २२ वर्षीय दासिम नदाफ बियर खान धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ को एक बगैँचामा पुगेका थिए ।
वियर खाएर फर्किने क्रममा मदिराको नसामा मोबाइलमा भएको भिडियो र बियरको पैसाको विषयमा भएको विवादले उग्र रुप लिएको थियो । कुटाकुट हुनुका साथै कैफको घाँटीमा चक्कु प्रहार भएको थियो ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका कैफ नदाफ भागेर घर पुगेका थिए । त्यसपछि परिवारले उपचारका लागि भारत लगेका थिए । तर, उपचारका क्रममै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले सहमद नदाफ र दासिम नदाफलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








