काठमाडौं चैत ८
पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले आज काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षाको संभावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विशेष गरी कोसी, मधेस र वाग्मती प्रदेशमा वर्षाको सम्भावना रहेको छ । महाशाखाले आज कोसी, मधेस र वाग्मती प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।
। आज कोसी र मधेस प्रदेशमा हुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन माहासाखाले अनुरोध गरेको छ ।। साखाका अनुसार आज राति पनि देशका विभिन्न स्थानमा हल्का वर्षा हुनेछ ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा पश्चिमीन्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसका कारण अहिले कोसी, मधेस र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङ्सहित छिटपुटदेखि हल्का वर्षा तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा छिटपुट वर्षा भइरहेको छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातसमेत हुने अनुमान छ ।








