Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, फागुन ०२, २०८२
☰
Logo शनिबार, फागुन ०२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

लोकप्रिय समाचार

  • १. आज मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहाेस् आजको राशिफल

  • २. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. भरतपुर र माडीका ३०० मतदाता भेट्दा यस्तो पाइयो चितवन- ३ को मनोविज्ञान

  • ५. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ६. महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ

  • ७. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ८. भरतपुरमा अर्को सडक दुर्घटनाः एक जनाको मृत्यु ,एक जना घाइते

  • ९. रास्वपा सभापति लामिछाने सहभागी हुने कार्यक्रममा निर्वाचन आचारसंहिता पालना गर्न प्रशासनको निर्देशन

  • १०. काठमाडौँलाई मधेस बुझाउन उम्मेदवारी दिएको हुँः सभापति थापा

पोखरा पर्यटकीय राजधानी घोषणा : हिमाल आरोहणदेखि हिप्पी पर्यटकको आगमनको जग

गण्डकी, ४ चैत-

सन् १९५० मा गरिएको विश्वकै पहिलो अन्नपूर्ण हिमाल आरोहण होस् वा सन् १९६० देखि हुन थालेको हिप्पी पर्यटकको आगमन यिनै जगमा फस्टाएको हो पोखराको पर्यटन ।

प्रकृतिको वरदान पाएको पोखराले यिनै जगबाट उठ्दै आज पर्यटकीय राजधानीका रुपमा अर्को पहिचान थपेको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाद्वारा संयुक्त रुपमा आयोजित विशेष समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुभएको हो ।

पोखराका कुनाकुनाबाट उत्साहका साथ सहभागी स्थानीयको ठूलो उपस्थितिका बीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दै प्रधानमन्त्री दाहालले “प्राकृतिक, सांस्कृतिक तथा साहसिक क्षेत्रको अद्वितीय सङ्गम पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्दछु”, भन्नुभयो । पोखरावासीले गडगडाहट तालिका साथ वर्षौंदेखिको पोखरालाई पर्यटकीय राजधानी घोषणा गराउने सपना–विपनामा परिणत भएको अनुुभूति गरिरहेका थिए ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नका लागि लामो समयदेखि प्रयास हुँदै आएकामा धेरै समयको प्रयासपछि औपचारिक घोषणाको समय आज मिलेको हो । घोषणाको तयारीका लागि गण्डकी प्रदेश सरकारले प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा अध्ययन समिति बनाएको थियो । उक्त समितिले विभिन्न सुझावसहित सरकारलाई आफ्नो प्रतिवेदन पेस गरेको थियो ।

पर्यटकीय राजधानी बनाउन आवश्यक न्यूनतम आधार उल्लेख गर्दै सो समितिले पोखरालाई पर्यटकीय राजधानी घोषणासँगै अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाएर काम गर्न सुझाव दिएको थियो । आवश्यक पूर्वाधार विकाससँगै दीर्घकालमा निरन्तर पर्यटक आइराख्ने वातावरण बनाउनका लागि सुझाएको समितिले पोखरा अन्तरराष्ट्रिय विमानस्थलको व्यावसायिक उडान, त्यहाँबाट सार्वजनिक बस सञ्चालन गर्न, प्रदूषण कम गर्न विद्युतीय गाडीको प्रोत्साहन, पोखराका पर्यटकीय गन्तव्यको नाम र ठाउँबारे नेपाली र अङ्ग्रेजी भाषामा वृत्तचित्र बनाउन तथा पोखरालाई छाडा चौपायामुक्त बनाउनुपर्नेलगायत विभिन्न सुझाव दिएको थियो ।

पर्यटकीय राजधानी घोषणासँगै पूर्वाधार निर्माणलगायत कामलाई प्राथमिकताका साथ अघि बढाउँदै लैजाने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बताउनुहुन्छ । पर्यटन राजधानी घोषणाले यहाँको पर्यटकीय पहिचानलाई अझै उँचो बनाएको उहाँले बताउनुुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरेली जनताको सपना र अनवरत प्रयासबाट पोखरासहित समग्र गण्डकी प्रदेशको पहिचान थपिएको बताउनुुभयो । प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनका दृष्टिले अनुपम गन्तव्य पोखरा मुलुककै पर्यटन राजधानी घोषणा हुनु आफूहरूका लागि गौरवको विषय भएको उहाँले बताउनुुभयो । यसले गण्डकी प्रदेशसहित मुलुककै श्रीवृद्धिमा नयाँ आयाम थपेको उहाँको भनाइ छ ।

पोखरा पर्यटन राजधानी घोषणालाई अर्थपूर्ण रुपमा हेरिएको पोखराका पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुुभयो । यो घोषणासँगै पोखराको पर्यटकीय गरिमा र महत्वलाई थप उजागर गरेको बताउँदै उहाँले आगामी दिनमा यहाँको प्रवर्द्धनसँगै पर्यटकीय राजधानीस्तरीय पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिनुुभयो । पोखराको पर्यटन क्षेत्रमा निजी क्षेत्रबाट छ खर्बभन्दा बढी लगानी भइसकेको बताउँदै उहाँले यसको विश्वव्यापी प्रवद्र्धनका लागि तीनवटै तहका सरकार र निजी क्षेत्र सहकार्य गर्दै अघि बढ्नुुपर्ने आवश्यकता औँल्याउनुुभयो ।

पोखरामा लगभग वार्षिक १० लाख पर्यटक भित्रने गरेको बताउँदै उहाँले २० लाख पर्यटक भित्र्याउने गरी लाग्नुपर्नेमा जोड दिनुुभयो । “हामी छिमेकी भारत तथा चीनबाट अधिकतम् पर्यटक भित्र्याउने गरी लाग्नुु जरुरी छ”, उहाँले भन्नुुभयो, “यसका लागि प्रवर्द्धनलाई नै प्राथमिकतामा राखेर अघि बढ्नुुपर्छ ।”

हिमाल आरोहणको इतिहासमा पहिलोपटक सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण गरेको फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोली आरोहणमा जाँदा र आउँदा त्यस टोलीका सदस्यले पोखरा बास बसेसँगै पोखरा क्रमश ः पर्यटकीय गन्तव्यका रूपमा स्थापित बनेको पाइन्छ । इतिहासअनुसार सन् १९६६ मा विश्व पदयात्री एरिक सिप्टनले अन्नपूर्ण आधार शिविरमा पदयात्रा गर्दा पनि उनीहरूले आउँदाजाँदा बस्ने ठाउँ पोखरा नै रोजेका थिए । सन् १९६० को दशकमा हिप्पी पर्यटकको आगमनपछि थालिएको पोखराको पर्यटकीय पूर्वाधार विकास सन् १९८० को दशकदेखि सुरु हुँदै यहाँको पर्यटन बिस्तारै फस्टाउन थालेको पाइन्छ । हिमाल आरोहणदेखि हिप्पी पर्यटकको आगमनका जगमा फस्टाउँदै गएको यहाँको पर्यटनमा त्यस यता व्यवसायीहरूले लगानी थप्दै गएको व्यवसायी बताउँछन् ।

माछापुच्छ«े फेवातालमा पौडने, तालै तालको सहर, आदि उपमा पाएको पोखरामा पछिल्ला समयमा विभिन्न पर्यटकीय पूर्वाधार पनि निर्माण भइरहेका छन् । विभिन्न राष्ट्रबाट आउने पर्यटकका साथै अतिविशिष्ट व्यक्तिले पनि यहाँको मुक्तकण्ठले प्रशंसा गरेको पाइन्छ । समय समयमा विदेशी अतिविशिष्ट व्यक्तिले भगवान्ले फुुर्सदमा बनाएको सहरजस्ता उपमा दिनुले पनि यहाँको महिमा र गरिमा अझै चुलिएको छ ।

इतिहासमा उल्लेख भएअनुसार यसअघि सन् १९६१ मा बेलायती महारानी एलिजावेथ द्वितीय र सन् १९६३ मा भारतीय राष्ट्रपति राधाकृष्णन्ले पनि पोखराको भ्रमण गर्नुभएको थियो ।

त्यसयता पोखरामा विसं २०७२ चैतमा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन) मा सार्क राष्ट्रका विशिष्ट पाहुनाहरूले पोखराको भ्रमण गर्नुुभएको थियो ।  त्यसलगत्तै भएको बेलायती राजकुमार ह्यारीको भ्रमणदेखि विसं २०७३ कात्तिकमा भएको भारतीय राष्ट्रपति मुखर्जीसम्मका औपचारिक भ्रमणले यहाँको सौन्दर्यता विश्वमाझ पुुगेको थियो ।

पोखरामा विसं २०७६ कात्तिकमा बङ्लादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद फेवातालमा डुङ्गा सयरदेखि हिमाल अवलोकन आदि गतिविधिमा सरिक बन्नुुभएको थियोभने यही वर्ष कात्तिक १३ गते पोखरा आउनुुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिए गुटेरेस यहाँ आएर नौका विहारदेखि पुम्दीकोटमा हिमालको दृश्यावलोकन गर्दै यहाँको सुन्दरताको प्रशंसा गर्नुुभएको थियो ।

पोखरा आउने पर्यटकले फेवातालमा डुबुल्की मारेजस्तै देखिने माछापुच्छ«े हिमालसहितको दृश्य अवलोकनसँगै आसपासका लेखनाथ क्षेत्रका बेगनास, रुपालगायत तालतलैयाको अवलोकन गर्ने गरेका छन् । त्यस्तै, सराङकोटबाट सूर्योदयको अवलोकनसँगै प्यारग्लाइडिङ, जिपलाइन आदि गर्ने गर्दछन् । पोखराका प्रसिद्ध धार्मिक पर्यटकीय तीर्थस्थल विन्दुवासिनी, तालबाराही, भद्रकाली आदिको दर्शनसँगै हालै पुम्दीकोटमा बनेको विशाल महादेव मूर्ति, विश्व शान्ति स्तुपसँगै काहुँ धरहरा आदिको अवलोकन गर्दछन् । पोखराका पातले छाँगो, गुप्तेश्वर महादेव गुफा, महेन्द्र गुफा, चमेरे गुफा आदि यहाँका प्रमुख पर्यटकीय स्थल हुन् । यिनै विधितालाई देखेर नै कवि मुकुन्दशरण उपाध्यायले आफ्नो वर्णनात्मक काव्य प्राकृत पोखराको ‘पोखरा’ शीर्षकको कवितामा भन्नुभएको छ,

“कहीँ हिमाल मात्रै छन् कहीँ ता ताल मात्र छन् ।
कहीँ पहाड मात्रै छन् कहीँ मैदान मात्र छन् ।।
कहीँ छन् छहरा मात्रै पहरा कहीँ केवल
नदी मात्रै कहीँ बग्छन् कहीँ छन् खाली जङ्गल ।।
सम्पूर्ण दिव्य शोभाले पूर्ण छैनन् कहीँ धरा
तर सम्पूर्ण शोभाले परिपूर्ण छ पोखरा ।।”

सुन्दर प्राकृतिक विविधताले सजिएको पोखरा पर्यटकीय राजधानी घोषणा हुनुु यहाँको मात्र नभै गण्डकी प्रदेश र समग्र नेपालकै पर्यटनको लागि महत्वपूर्ण उपलब्धि भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष श्रेष्ठको भनाइ छ ।  रासस

Chitwan Aaja चितवन आज
आइतबार, चैत ०४, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
छत्तिसेघाटमा मोटरेबल पुल निर्माण
मतदाताका प्राथमिकतामा सडक निर्माण र वन्यजन्तु नियन्त्रण
चुनावी एजेण्डामा सीमित खड्कबार–घुइँयाबारी सडक

ताजा समाचार

सबै

छत्तिसेघाटमा मोटरेबल पुल निर्माण

मतदाताका प्राथमिकतामा सडक निर्माण र वन्यजन्तु नियन्त्रण

चुनावी एजेण्डामा सीमित खड्कबार–घुइँयाबारी सडक

हङ्गेरी पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक जना पक्राउ

प्रहरी चौकीको भवन बनाउन निःशुल्क जग्गा दान

देशभर पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

निर्वाचनका लागि दल र उम्मेदवारले बेग्लै बैंक खाता खोल्दै

भरतपुरस्थित डाक्टर साथी प्याथोलोजीमा फागुन १ गतेदेखि एक सातासम्म निःशुल्क स्वास्थ्य शिविर

प्रतिनिधिसभा निर्वाचन : १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

कांग्रेसले निर्वाचनका लागि प्रतिज्ञापत्र फागुन ३ गते सार्वजनिक गर्ने

गैँडाकोटमा सुरु भयो राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता

राष्ट्रियसभामा मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

आइतबारसम्म मतपत्र छपाइ सकिने

भरतपुरबाट जहाजले इन्धन भर्ने व्यवस्था गरिँदै , काठमाडौंँ र पोखरा उडान गर्ने जहाजले आगामी साताबाट इन्धन भर्न पाउने

सुनको मूल्य ३ हजारले घट्यो , कतिमा हुदैँछ कारोबार ?

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहाेस् आजको राशिफल

  • २.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    भरतपुर र माडीका ३०० मतदाता भेट्दा यस्तो पाइयो चितवन- ३ को मनोविज्ञान

  • ५.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ६.
    महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.