काठमाडौँ, ३ चैत
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले परिक्षा तालिकामा त्रुटि भेटिएपछि पुन: सच्याएर सार्वजनिक गरेको छ ।
पनिकाले शुक्रबार सार्वजनिक गरेको स्नातक तह दोस्रो वर्षको परीक्षा तालिकामा चैत २८ गतेदेखि हुने भनिएको परीक्षामा चैत ३१ गते पनि परीक्षा राखिएको थियो । जबकि चैत महिना ३० गतेसम्म मात्रै छ ।
त्रुटिपूर्ण तालिकाबारे विरोध सुरु भएपछि उक्त परिक्षा तालिका पनिकाले आफ्नो वेबसाइटबाट हटाएको थियो । आज पुनः परिक्षा तालिका सच्याएर फेरी सार्वजनिक गरिएको छ ।
यसअघि चैत ३१ गतेका लागि राखिएको माईक्रोईक्नोमिक्स फर बिजनेस विषयको परीक्षा अब २०८१ वैशाख २ गते हुनेछ । परीक्षा दिउसो १२ बजेदेखि ३ बजेसम्म हुने पनिकाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।