काठमाडौँ, २३ फागुन
राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रालय र मन्त्रीहरुको भागबन्डा टुंगो लगाएको छ ।
बालुवाटारमा सम्पन्न सत्ता गठबन्धनको बैठकले रास्वपाको मन्त्रालय टुंगो लगाएको हो ।
बालुवाटार स्रोतकाअनुसार पार्टीले उपप्रधान र गृह सहित ४ वटा मन्त्रालय पाएको छ ।
जसमा उपप्रधान तथा गृहमन्त्री पार्टी सभापति रवि लामिछाने, श्रम तथा रोजगार मन्त्री डीपी अर्याल, शिक्षा मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ बन्ने भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले, रास्वपालगायतलाई समेटेर सोमवार मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








