काठमाडौँ, २२ फागुन
हास्य कलाकार जितु नेपालले आफूले होस्ट गर्दै आएको टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको छ । सामाजिक सञ्जालमा यसबारे जानकारी दिंदै उनले केही कारणले शो बन्द गर्नुपरेको उल्लेख गरेका छन् ।
खर्च धान्न ग्राहो भएको र अब नयाँ शैलीको कार्यक्रम निर्माणका लागि बन्द गर्नुपरेको जितुले बताए ।पछिल्लो समय यो शोको तेस्रो सिजन प्रसारण भइरहेको थियो । तेस्रो सिजनसम्म १८४ भाग प्रसारण भएको थियो ।
चाँडै दुई फिचर फिल्ममा आफू व्यस्त हुने र त्यसपछि नयाँ टेलिभिजन कार्यक्रम ल्याउने सोच बनाएको उनले बताए । जीतुले शोमा के के नयाँ हुने भने अहिले बताउन चाहेनन् ।
दर्शकको माया, साथ र हौसला आफूलाई चाहिएको समेत उनले बताएका छन् ।








