काठमाडाैं फागुन २१,
प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू रहँदासम्म देशमा उथलपुथल भइरहने अभिव्यक्ति दिएका छन् ।
सोमार राष्ट्रिय सभागृहमा आयोजित ‘शान्तिप्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ विषयक कार्यक्रममा बोल्दै प्रचण्डले माओवादी नयाँ नयाँ क्रम भंग गर्दै अघि बढ्ने जात रहेकोसमेत बताए ।
‘नयाँ नयाँ क्रम भंगे गर्दै अगाडि बढ्ने जात हो माओवादी,’ उनले भने, ‘आज उथल पुथल गरेको छु राजनीतिमा ।’
उनले आफूलाई सिध्याउन नखोज्न चेतावनीसमेत दिए । ‘म रहँदासम्म देशमा उथल पुथल भइरहन्छ,’ उनले भने, ‘मलाई सिध्याउन नखोजे हुन्छ ।’
आजको अन्तरक्रिया कार्यक्रममा प्रचण्डसँगै अन्य वामपन्थी नेताहरू सहभागी छन् ।
पछिल्लो समय प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेर प्रतिपक्षी दल नेकपा एमालेसँग गठबन्धन गर्ने प्रचण्डको निर्णयले यतिबेला राजनीतिक क्षेत्र तरंगित छ ।








